बास्केटबल प्रतियोगिता, कर्णालीलाई उपाधि

महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा तीन दिनसम्म सञ्चालित बास्केटबल प्रतियोगिता आज समापन भएको छ। फाइनल खेलमा कर्णालीले एनएसबीएललाई ६५– २१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कर्णाली टिमका कृष्ण मालीलाई प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित गरिएको छ। खेलभरि आक्रामक खेल, टिम समन्वय, र निर्णायक स्कोर गर्ने क्षमताले मालीलाई फाइनलको सर्वश्रेष्ठ खेलाडी बनाएको आयोजकले जनाएका छन्।

सेमिफाइनल पार गर्दै फाइनलमा पुगेका दुबै टिमले कडा प्रतिस्पर्धा गरे पनि कर्णालीले सुरुदेखि अन्त्यसम्म खेलमा नियन्त्रण राख्दै उपाधिसँगै नगद रु। १०,००० को पुरस्कार हात पार्‍यो।

प्रतियोगिता द थ्री चेयर्स द्वारा आयोजित र स्ववियू [स्वतन्त्र विद्यार्थी युनियन] को सहकार्यमा सम्पन्न भएको हो। आयोजकले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यस प्रतियोगिताले नेपालगन्जको बास्केटबल माहोलमा नयाँ उत्साह भरिदिएको छ।

Exit mobile version