कोहलपुरबाट लागु औषध र नक्कली नोट वरामद

बाँकेको कोहलपुरबाट प्रहरीले लागुऔषध र नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले मंगलबार विहान कोहलपुर ११ बाट मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ किलो अफिम वरामद गरेको हो ।

कालिकोट घर भएका आफुलाई पत्रकार भनि चिनाउने साकारलाई सुर्खेतबाट खटिएको अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षवाट नेपाली १००० का ५१ थान नक्कली नोट र १९ किलो अफिम वरामद गरेको हो । कार्यालय परिसरमा यत्रो परिनामको लागु औसध र नक्कली नोट फेला परेपछि साकारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

साकारसंगै रुकुम बाँफिकोट गाउँपालिका वडा नं. १० की सपना पुन समेत पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुन भरियाकारुपमा आएको हुनसक्ने अनुमान गरिएको भएपनि अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने प्रहरी अधिकारीको भनाई रहेको छ ।

Exit mobile version