विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्राइभेट लिमिटेड, नेपालगन्जमा सिद्धार्थ एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (साथम) कलेज सुरु गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन पाएको साथम कलेज यसै शैक्षिक सत्र देखि नेपालगन्जमा ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट (वि.एच.टी.एम.) को पढाइ सुरु गर्नै भएको हो ।

कलेजले दिएको जानकारी अनुसार, जुनसुकै विषयमा प्लस टु उतिर्ण भएका विद्यार्थीले चार वर्ष बि.एच.टी.एम. पढ्न सक्ने छन् । यो कोर्स पढ्नको लागि विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्तर्वार्तामा पास गर्नु पर्नेछ ।

‘कलेजको एकेडेमिक र प्रयोगात्मक कक्षाहरू सिद्धार्थ होटल नेपालगन्जको परिसर भित्रै संचालन हुनेछ,’ सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले भने, ‘साथम कलेजले गत वर्ष देखि नै वि.बि.एम. (ब्याचलर अफ विजनेस म्यानेजमेन्ट) को पढाइ सुरु गरेको हो ।’ उनका अनुसार, भैरहवाबाट शुरु भएको साथमले यसवर्षदेखि नेपालगन्ज र चितवनमा कक्षा सञ्चालन गर्न लागेको छ ।

यसैबीच, होटल सिद्धार्थले नेपालगन्जमा बुधवार ‘हस्पिटालिटी करिअर कन्भेन्सन’ कार्यक्रम आयोजना गरेको छ । प्लस टु सकेका तथा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा साथम भैरहवाका प्रिन्सीपल निश्चल श्रेष्ठ, होटल सिद्धार्थका जनरल म्यानेजर बद्री कोइरालालगायतले विषयगत अभिमुखिकरण गरेका थिए ।

यस शैक्षिक कार्यक्रमको सञ्चालन होटल सिद्धार्थको परिसरभित्र हुने जानकारी दिँदै आयोजकले नेपालमै अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी शिक्षा प्रदान गर्न खोजिएको बताए । अध्ययनका क्रममा विद्यार्थीहरूलाई होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, फ्रन्ट अफिस, हाउसकिपिङ, किचन, रिसेप्सनलगायत क्षेत्रमा प्रयोगात्मक (प्र्याक्टिकल) तालिम दिइने जनाइएको थियो ।

Exit mobile version