प्रतिभा खोज्दै ‘नाइस अवार्ड’

नाइस नेपालगन्जले यस वर्षको ‘नाइस अवार्ड २०२५’ का लागि आवेदन खुला गरेको जनाएको छ । सामाजिक क्षेत्रमा अनुकरणीय योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको नाइस नेपालगन्जले यो वर्ष पनि एक जना योग्य व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने तयारी गरेको हो ।

संस्थाले दिएको जानकारी अनुसार, अवार्डका लागि बाँके जिल्लामा स्थायी बसोबास गर्ने तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । साथै, उपयुक्त पात्रको सिफारिस गर्दै तेस्रो पक्षले पनि मनोनयन पेश गर्न सक्नेछ ।

आवेदनका लागि तोकिएको मापदण्डअनुसार, प्रस्तावित व्यक्ति नेपाली नागरिक हुनुपर्ने, सामाजिक कार्य बाँके जिल्लाभित्र रहेर गरेको हुनुपर्ने, र कुनै नियमनकारी निकायको कारबाहीमा नपरेको हुनुपर्नेछ । साथै, प्रस्तावित व्यक्तिको सामाजिक प्रभाव र योगदान स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ ।

‘सामाजिक योगदानलाई संस्थागत रुपमै सम्मान गरेर प्रेरित गर्ने हाम्रो प्रयास हो,’ नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, बाँकेको पत्रकारिता विकासमा सकारात्मक ‘ट्रेण्ड सेटर’ बनेको दैनिक नेपालगन्जका प्रकाशक÷ प्रधानसम्पादक झलक गैरेले सन् २०२३ का लागि यो अवार्ड प्राप्त गरेका थिए ।

नाइस नेपालगञ्जले पहिलो पटक २०७८ साउन २३ गते लागु औषध बिरुद्ध क्रियाशिल अभिराज क्षेत्रीलाई नगद दश हजार पुरस्कार सहित नाइस अवार्ड –२०२१ प्रदान गरेको थियो ।

अर्काेवर्ष गैर सरकारी संस्थामा क्रियाशिल मुस्लिम अगुवा तथा सामाजिक अभियन्ता प्रबेज अली सिद्धिकीलाई सामाजिक रुपान्तरणमा पु¥याउनु भएको असल योगदानको उच्च कदर २०२२ का लागि नाइस अवार्ड प्रदान गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

गत वर्ष राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वलीलाई नाइस अवार्ड–२०२४ प्रदान गरिएको थियो । उनी २०७७ देखि बाँकेको ग्रामिण क्षेत्रमा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र सञ्चालन गरि बालवालिकाहरुको संरक्षणमा क्रियाशिल छन् ।

Exit mobile version