बाँकेका बाडियाले बनाए बिश्व किर्तिमान

थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर बिश्व किर्तिमान बनाउनु भएको छ ।

बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनका अध्यक्ष बिनि टन्डनले दिनु भएको जानकारी अनुसार बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा २२० किलो उचालेर बिश्व किर्तिमान बनाउँदै गोल्ड मेडल जित्न सफल हुनु भएको हो । बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा रजत पदक पनि जित्नुभयो ।

सोही प्रकारले प्रतियोगितामा सहभागि नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य दिक जित्न सफल हुनुभएको अध्यक्ष टन्डनले बताउनुभयो ।
उहाँले नेपालगन्ज २ घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको पनि जनाउनुभयो ।

सो प्रतियोगितामा बाँकेबाट तीनजना खेलाडी र अन्य जिल्ला बाट छ जना खेलाडी गरी नेपालबाट नौ जना खेलाडी सहभागिता भएको बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनले जनाएको छ । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको जनाईएको छ ।
विश्व किर्तिमान बनाउने बाडिया एक्स्ट्रिम फिटनेस नेपालगन्जप्रालीको सदस्य रहनु भएको छ भने स्वर्ण पदक विजेता गुप्ता र रजत पदक विजेता शाक्य हेल्थ बेनीफिटनेसमा आवद्ध हुनुहुन्छ ।

विश्व किर्तिमान बनाउने तथा अन्य पदक विजेता खेलाडीहरु गृहनगर नेपालगन्ज फर्किएपछि उनिहरुको भव्य स्वागत र सम्मान गर्ने तयारी शुरु गरिएको बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनका अध्यक्ष टन्डनले बताउनुभयो ।

Exit mobile version