‘खेलकुदमार्फत लुम्बिनीको परिचय’

लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले मंगलवार पदभार ग्रहण गरेका छन् ।

त्यसक्रममा उनले लुम्बिनीको परिचय खेलकुदमार्फत पनि दिन सक्ने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

‘लुम्बिनीको परिचय भगवान गौतम बुद्धमार्फत स्थापित भएको छ । अब अर्को परिचय खेलकुदबाट दिन सक्ने गरी काम गर्ने योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री पाण्डेले त्यसक्रममा भने, ‘खेलकुदबाट नाम र दाम दुवै कमाउन सकिने वातावरण बनाउन सकिन्छ । यसतर्फ मन्त्रालयले विशेष ध्यान दिन्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

Exit mobile version