कहाँ हराए ३ सय ७३ जना

माइती नेपाल नेपालगन्जमा गत आर्थिक बर्षमा परेको खोज तलासका लागि निवेदन परेका मध्ये ३ सय ७३ जना आर्थिक बर्षको अन्त्यसम्म फेला पर्न सकेका छैनन् ।

माइती नेपाल, नेपालगन्ज प्रमुख केशव कोइरालाका अनुसार, आर्थिक बर्ष २०८१÷०८२ मा खोजतलासका लागि ७ सय ८८ निवेदन परेकोमा फेला पर्नेको संख्या ४ सय १५ जना रहेका छन् । हरेक बर्ष माइती नेपाल नेपालगन्जमा सयौं हराएकाहरूको खोततलासका लागि निवेदन पर्ने गरेको छ । जसमध्ये तथ्यांकअनुसार, अझै सम्म फेला पर्न नसकेको संख्या ठूलै रहेको छ ।

महिला तथा बालबालिका बेचबिखन, जबर्जस्ती विवाह, घरेलु हिंसा र यौन शोषण विरुद्ध लामो समयदेखि सक्रिय संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०६७÷०६८ देखि २०८१÷८२ सम्मको वार्षिक घटना विवरण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार, हराएका व्यक्ति र फेला पर्नेहरू दुवैको संख्यामा वृद्धि भएको छ ।

माइती नेपाल नेपालगन्जका अनुसार, वि.सं. २०६७÷०६८ मा २ सय ९५ हराएका घटनाहरूको निवेदन परेको थियो, जसमा २५ जना मात्र फेला परेका थिए । त्यस्तै, २०६८÷०६९ मा ३ सय ३२ जना हराएको निवेदन परेकोमा ३१ जना मात्र फेला परे । वि.सं. २०६९÷०७० मा ४ सय ८७ हराएका घटना दर्ज गरिएकोमा ४२ जना फेला परे । आर्थिक बर्ष वि.सं. २०७०÷०७१ मा ३ सय २८ हराएका घटनामध्ये ३३ जना फेला परे ।

वि.सं. २०७२÷०७३ मा हराएका ६ सय २५ व्यक्तिमध्ये ८६ जना फेला, २०७३÷०७४ मा हराएका घटना ८ सय ७० पुगेका थिए, जसमध्ये १ सय ४६ जना फेला परेका थिए । वि.सं. २०७४÷०७५ मा हराउने संख्या ९ सय १३, फेला पर्ने १ सय ४३ रहेका थिए ।

वि.सं. २०७५÷०७६ मा हराउनेको संख्या घट्दै ८ सय ३३, फेला पर्ने १ सय ३६, आ.व. वि.सं. २०७६÷०७७ मा ५ सय ८५ हराउने र फेला पर्ने २ सय ८०, २०७७÷०७८ मा हराउने ३ सय ६७ र फेला पर्ने १ सय ३०, २०७८÷०७९ मा हराउने हराउने ७ सय १२ र फेला पर्ने २ सय ८५, २०८०÷०८१ मा हराउने ५ सय ८७ र फेला पर्ने २ सय ९५ रहेका छन् ।

माइती नेपाल नेपालगन्जमा आर्थिक बर्ष २०८१÷०८२ मा जोखिमपूर्ण यात्रामा रही सीमानाबाट उद्दार गरी आवधिक गृह प्रवेश गराइएको संख्या ५ सय ७२, पारिवारिक पुनर्मिलन गराइएको संख्या ५ सय ८२, श्रम शोषण तथा यौन शोषणमा परी उद्दार गरिएको संख्या १०, बोर्डरबाट परामर्श गरी घर फर्काएको संख्या १० रहेका छन् ।

माइती नेपाल नेपालगन्ज प्रमुख कोइलालाले संस्थाले मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउने, सिमानामा सिमा निगरानी गर्ने, जोखिमपूर्ण यात्रामा रहेका महिला वाल वालिका लाई उद्धार गर्ने आवश्यक परामर्श प्रदान गर्ने, बेचबिखनमा परेका महिला वाल वालिकाको उद्दार गर्ने, आवश्यक परामर्श प्रदान गर्ने, पुर्नस्थापना संबन्धि कार्य गर्ने, विभिन्न हिसांमा परेका महिला वाल वालिका उद्दार, पुनस्र्थापन, पैरवी समेत गर्ने, खोजतलास सम्बन्धि कार्य गर्ने कार्य गर्दै आएको जानकारी दिए ।

माइती नेपाल, नेपालगन्ज प्रमुख कोइरालाले मानव बेचबिखन बिरुद्ध समुदाय स्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावक समेतको समुहहरू गठन गरि तालिम दिई उनीहरू मार्फत नै बिभिन्न अभिमूखिकरण एवं जनचेतनामुलक अभियानहरू संचालन भैरहेको बताए ।

Exit mobile version