नौ वटा वडामा जोखिम नक्सांकन

नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि बजार क्षेत्रको ९ बटा बडाको विपद् जोखिम तथा क्षमता नक्सांकन कार्य सम्पन्न गरेको जनाएको छ । नेपालगन्ज क्षेत्रको बजार क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बडा न १ ,२ ,३, ४, ५, ६, ७, ८ र ११ को वृहत रूपमा जोखिम तथा क्षमता नशाङ्कन कार्य सम्पन्न भएको उपमहानगरपालिका नापी शाखाले जनाएको छ ।

उपमहानगर पालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखहरूलाई हालसम्म भएको स्रोत, क्षमता र जोखिमको नक्साङ्कन कार्यको बारेमा जानकारी दिदै नापी शाखा प्रमुख मन राज थापाले शहरी क्षेत्रवाट शुरु गरेपनि २३ बटै बडाको जोखिम तथा क्षमता नक्सांकन कार्य गर्दै जाने जनाउदै पहिलो चरमा सम्पन्न बडाहरूमा भएको विभिन्न सूचनामूलक नक्शावारे जानकारी गराए । उक्त कार्यका लागि बडाको जोखिम क्षेत्र, जोखिम घरहरू, खुल्ला क्षेत्रहरू, सडक, सार्वजनिक क्षेत्रलगायतका सूचनाहरू समेटी नशाङ्कन कार्य गरिएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख कमरुदिन राइले पालिकास्तरमा विपद् व्यवस्थापनमा नविनतम कार्यहरू भएको बताउदै कार्यान्वयनमा पनि जोड दिन आग्रह गरे ।

विगत केही बर्षदेखि विपद् व्यवस्थापनकालागि राम्रा राम्रा कामहरू भएको बताउदै आगामी दिनमा पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले पालिको सूचना व्यवस्थापन र योजना निर्माणमा सूचनामूलक नक्शाकङ्न कार्य महत्वपूर्ण हुने वताउदै यसैको आधारमा योजना निर्माण कार्यमा सहयोग पुग्ने विश्वास गरे ।

नेपालगन्ज उपमहानगरपालिकामा संचालन भइरहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजनाको सहयोगमा उकत कार्य गरिएको कार्यक्रममा जानकरी गराइएको थियो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

Exit mobile version