बाँकेमा बढ्यो राजश्व

बाँकेमा संघ तथा प्रदेश सरकारले असुली गर्ने राजश्व वृद्धि हुँदै गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, गत तीन आ.व.मा जिल्लामा संकलित राजश्व वृद्धि हुँदै गएको हो ।

कोलेनिका बाँकेका अनुसार, आ.व. २०७९÷०८० मा बाँकेमा संघ तर्फ २४ अर्ब ५९ करोड २६ लााख ६९ हजार १ सय ३० रूपैयाँ भएको थियो । उक्त राजश्व वृद्धि भई आ.व. २०८०÷०८१ मा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रूपैयाँ बाँकेमा संकलन भएको थियो । त्यस्तै, राजश्व वृद्धि भई २०८१÷०८२ मा २७ अर्ब ९० करोड ७५ लाख २७ हजार ३ सय ४२ पुगेको कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिएका छन् । ‘बाँकेमा हुने समग्र खर्च भन्दा राजस्व संकलन बढी छ’ उनले भने, ‘यसले जिल्लाको समग्र खर्च कटाएर सरकारको राजस्व बढाउनमा योगदान पु¥याएको छ ।’

प्रदेश सरकार तर्फ पनि राजश्व वृद्धि हँुदै गएको पछिल्लो तीन आ.व.को तथ्यांकले देखाएको छ । प्रदेश सरकार तर्फ आ.व. २०७९÷०८० मा ८३ लाख ६ लाख ९२ हजार २ सय २४, ०८०÷०८१ मा ९२ करोड ३ लाख ४६ हजार ८ सय ४४ र आ.व. ०८१÷०८२ मा १ अर्ब ९ करोड ४० लाख ३२ हजार ३ सय ९४ रूपैयाँ असुली भएको छ ।

बाँकेमा सरकारको खर्चभन्दा आम्दानी बढी रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका संघीय कार्यालयहरूमा भएको खर्चभन्दा राजस्व संकलन बढी भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लास्थित संघ र प्रदेशका कार्यालयको गरी कुल २२ अर्ब ४० करोड ३० लाख रूपैयाँ खर्च भएकोमा २९ अर्ब १५ लाख रूपैयाँ आम्दानी भएको छ । जिल्लामा खर्च हुने रकमको तुलनामा ७७.२४ प्रतिशत राजस्व संकलन भएको हो । संकलन भएको कुल राजस्वमध्ये संघीय कार्यालयहरूको २७ अर्ब ९० करोड ७५ लाख रूपैयाँ हो ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयले १ अर्ब ९ करोड ४० लाख रूपैयाँ राजस्व संकलन गरेका छन् । कोलेनिका बाँकेका अनुसार गत आव २०८१÷८२ मा बाँकेमा संघीय सरकारको चालुतर्फ ११ अर्ब ७६ करोड ५४ लाख र पुँजीगततर्फ ८ अर्ब १२ करोड ८८ लाख गरी कुल १९ अर्ब ८९ करोड ४३ लाख रूपैयाँ खर्च भएको छ । गत वर्ष भएको कुल खर्चभन्दा राजस्व संकलन ६ अर्ब ५९ करोड ८४ लाख रूपैयाँ बढी भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

प्रदेश सरकारतर्फ भने आम्दानीभन्दा दोब्बर बढी खर्च भएको पाइएको छ । गत आवमा बाँकेमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयले १ अर्ब ९ करोड ४० लाख रूपैयाँ मात्र राजस्व आम्दानी गरे पनि खर्च भने आम्दानीभन्दा दोब्बर बढी गरेका छन् । प्रदेश सरकारको चालुतर्फ कुल ९४ करोड ३६ लाख रूपैयाँँ र पुँजीगततर्फ १ अर्ब ५६ करोड ५१ लाख रूपैयाँँ गरी कुल २ अर्ब ५० करोड ८७ लाख रूपैयाँ खर्च भएकोमा १ अर्ब ९ करोड ४० लाख रूपैयाँ राजस्व आम्दानी भएको कोलेनिकाको तथ्यांकले देखाएको छ ।

Exit mobile version