‘यो एनजिओ होइन, अभियान हो’

फातिमाले बनायो आफ्नै घर

सामाजिक क्षेत्रमा सक्रिय नेपालगन्जको फातिमा फाउण्डेसन नेपालले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । आइतवार नेपालगन्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट र रेडक्रस महामन्त्री मीनबहादुर मल्लले संयुक्त रुपले भवन उद्घाटन गरे ।

‘हाम्रा संस्थापकले दुई दशकअघि देखेको सपना आज साकार भएको छ,’ कार्यालय भवन उद्घाटनमा हर्षविभोर प्रकट गर्दै फातिमा फउण्डेसनका अध्यक्ष मैमुना सिद्दीकीले संस्थापक स्व. मोहम्मदी सिद्दीकीको स्मरण गर्दै भनिन् । मोहम्मदीले मुस्लिम समुदायका महिलाहरुको हक अधिकार स्थापित गर्न फातिमा फाउण्डेसनमार्फत अभियान चलाएकी थिइन् । ‘यो एननिओ होइन, अभियान हो,’ फातिमाबारे अध्यक्ष मैमुनाले भनिन् ।

भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट, रेडक्रस महामन्त्री मल्ल, फातिमाका सल्लाहकार रविन्द्र कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, भेरी अस्पतालका अध्यक्ष बीरेन्द्र शाह, गैसस महासंघका सचिव नमस्कार शाहलगायतले बोलेका थिए ।

Exit mobile version