वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जुत्ताको मूल्य नराखी मालसामान बिक्री गर्दै आएको आउटा उद्योगलाई कारवाही गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले आइतबार बाँकेका विभिन्न पाँच वटा जुत्ताचप्पल उद्योगको अनुगमन गर्दा एमआरपी नराखी एउटा उद्योगले मालसामान बिक्री गर्दै आएको फेला पारेपछि जरिवानाको कारवाही
गरेको छ ।
वाणिज्यका अनुसार, एम.आर.पी. नराखी कानून विपरीत संचालन भएको गुरदास फुटवयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।