‘लाइफलाइन हस्पिटल’ भवन शिलान्यास

नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले आफ्नै सुविधासम्पन्न अस्पताल भवन बनाउने भएको छ ।

त्यसका लागि सोमवार अस्पताल प्रमुख डा. पारस श्रेष्ठ र क्रिष्टिनले अस्पताल भवन निर्माण शिलान्यास गरेका हुन् । ‘भएकै अस्पताल क्षेत्रबाट टाढा नहुने गरि भवन निर्माण थालिएको छ,’ अस्पतालका अध्यक्ष अशोककुमार श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘हामी अहिलेकै सेवाशुल्कमा उच्चकोटीको सेवासुविधा प्रदान गर्नेगरि नयाँ भवनको डिजाइन गरेका छौं ।’

एकवर्षभित्रै निर्माणकार्य पुरा गर्नेगरि सिर्जनशील इन्जिनियर महेशकुमार थापाको नेतृत्वमा प्राविधिक टिमले काम अगाडी बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘अर्काेवर्ष आफ्नै सुविधासम्पन्न भवनमा लाइफलाइनले सेवा प्रवाह गर्नेछ,’ उनले उत्साहित हुँदै भने ।

Exit mobile version