पत्रकार ओली पुरस्कृत

नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)लाई बिहीबार सामाजिक अभियान्ता स्वर्गीय ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । रु १० हजार एक रूपैयाँ राशीको उक्त पुरस्कार दमयन्ती फाउन्डेसन नेपालका अध्यक्ष इन्दिरा कुमारी जिसी रावल, नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, डा. संकेत रिसाल सहितका बिभिन्न संस्थाका अगुवाको उपस्थितिमा ओलीलाई प्रदान गरिएको थियो ।

लागुऔषध दुव्र्यसन विरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएको कारण ओलीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । कार्यक्रमका सहभागीले स्वर्गीय रावलले जीवनकालमा समाजलाई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै लागुऔषध दुव्र्यसन विरुद्ध र सामाजिक पुनस्र्थापनाको सवालमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्जका नगरप्रमुख बिष्टले लागु औषध बिरुद्धका अभियन्ताको सम्झनामा स्थापित पुरस्कार हरेक बर्ष असल व्यक्तिलाई प्रदान गरिदै आएको उल्लेख गर्दै संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको अध्यक्ष जिसीले स्वर्गीय रावलको स्मृतिमा आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । जिसीले नै श्रीमानको निधनपछि फाउन्डेसन मार्फत सामाजिक कार्य गर्दैे आएकी छिन् । लागु दुव्र्यसन विरुद्ध र पुनस्र्थापना क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा रावलको २०७३ साल साउन २९ गते विद्युतको करेन्टबाट निधन भएको थियो ।

रावलको स्मृतीमा स्थापित पुरस्कार तथा सम्मान २०७४ सालमा लागु औषध बिरुद्धका अभियन्ताद्वय कृष्ण लामा, होम जंग शाहीलाई प्रदान गरिएको थियो भने २०७५ सालमा निल सागर आश्रमलाई, २०७६ सालमा समाज बिकास तथा प्रबद्र्धन केन्द्रलाई, २०७७ सालमा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवाश खड्कालाई प्रदान गरिएको थियो ।

यसैगरी उक्त पुरस्कार २०७८ सालमा अञ्जनी माता रसोईलाई प्रदान गरिएको थियो भने २०७९ सालमा नेपालगन्ज वडा नम्वर १२ मा स्थापित प्रयास फाउन्डेसन बाँकेलाई प्रदान गरिएको थियो । २०८० मा डा. संकेत रिसाल र २०८१ मा प्रविण बिसीलाई प्रदान गरिएको थियो ।

Exit mobile version