अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

अधिकारकर्मी प्रभात कुमार ठकुरीले फजुल खर्चका साथ होटलमा जन्म दिन मनाउने प्रबृत्तिलाई तोड्दै मानव सेवा आश्रममा आफ्नो जन्म दिन मनाएका छन् ।

पछिल्लो समय फजुल खर्चका साथ होटलमा मनाईने चलन बढ्दै गएकोमा ठकुरीले त्यसलाइ तोड्दै जन्म दिनमा खर्च हुने रकम मानव सेवामा लगाएका हुन । जन्मदिनको अवसरमा ठकुरीले नेपालगंजको सुर्खेत रोडमा रहेको मानव सेवामा रहेका आश्रितहरुका लागी एक छाक भोजनको ब्यवस्था गरेका हुन । मानव सेवा आश्रममा हाल ६० जना आश्रित रहेका छन् ।

मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य समेत रहुन भएका अधिकारकर्मी प्रभात कुमार ठकुरीले मानवसेवा, जय मानवता, हाम्रो चाहना ः सबैको लागि खाना नाना छाना…भन्ने मुल नाराका साथ नेपालगंजमा स्थापना भएको मानव सेवा आश्रमको अभियानमा सहयोग पुर्याउने उदेश्यले एक छाक भोजनको ब्यवस्था मिलाएको बताए ।

सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावविहिनसंग आफ्नो जन्म दिन मनाउन पाउदा आफुलाई खुसी लागेको अधिकारकर्मी ठकुरीले बताए ।
मानवता प्रवद्र्दन महाअभियानमा सहयोग पर्याउने उदेश्यले अधिकारकर्मी प्रभात कुमार ठकुरीले मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रितहरुका लागी भोजनको ब्यवस्था गरेर उदाहणीय कार्य गरेको अधिकारकर्मी बसन्त गौतमले बताए ।

यस्तो मानबिय कार्यले होटलका फजुल खर्च गरि जन्म दिन मनाउने प्रबृत्तिलाई निरुत्साहित गर्न मद्धत पुग्ने गौतमले बताए ।

Exit mobile version