चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

प्याब्सन बाँकेले आफ्नो विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

शिक्षा विधेयकको केही प्रावधानविरुद्ध संस्थागत विद्यालय सम्बद्धहरुको उपस्थितिमा प्याब्सनको तर्फबाट प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले नीतिगत विषय भएकाले सम्बोधनका लागि ज्ञापनपत्र माथिल्लो निकायमा पठाउने बताएका थिए ।

कार्यक्रममा प्याब्सन बाँकेका सल्लाहकार यम रावतले शिक्षा विधेयक प्रावधानहरु कायम रहे संस्थागत विद्यालय चल्न नसक्ने बताएका थिए ।

प्याब्सनका हेमन्तराज काफ्लेले प्याब्सनको मुख्य माग चार वटा रहेको र त्यसलाई पूरा गराउन दबाबका लागि देशभर विरोधका कार्यक्रम अघि सारिएको जानकारी दिएका छन् ।

Exit mobile version