काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

नेपाली काँग्रेस बाँकेले नेता तथा कार्यकर्तालाई दक्ष बनाउन भाद्र १४, १५ र १६ गते तीन वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा शनिवार बसेको बैठकले बैजनाथ, डुडुवा र कोहलपुरमा क्रमशः प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

प्रशिक्षणमा लोकतान्त्रिक समाजवाद, कांग्रेसको आर्थिक नीति, संगठन विस्तार, नेतृत्व विकास, संविधान कार्यान्वयनमा भूमिका र प्रविधिको प्रयोगजस्ता विषयमा केन्द्रीय, प्रदेश र जिल्लास्तरका विज्ञले प्रशिक्षण दिनेछन्। कार्यक्रममा जिल्ला, प्रदेश र स्थानीय तहका विभिन्न संरचनाका पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरू सहभागी हुने काँग्रेस बाँकेले जनाएको छ ।

Exit mobile version