नेपालगन्ज । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबाररका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
आजदेखि अपराह्न ५ बजेसम्म सरकारी कार्यालय खुल्ने
- Dainik Nepalgunj

- Categories: News
Related Content
बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो
by
Dainik Nepalgunj
September 22, 2026
असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान
by
Dainik Nepalgunj
September 22, 2026
भदौमा बाँकेमा २५ वटा लागूऔषध मुद्दा दर्ता, ६१ जना पक्राउ
by
Dainik Nepalgunj
September 21, 2026
नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !
by
Dainik Nepalgunj
September 21, 2026
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
by
Dainik Nepalgunj
September 21, 2026