पर्यटकका नाममा अवैध ओसारिंदै यात्रु !

पर्यटन परमिटको अनुमति पाएका सवारीसाधनले गैर पर्यटक ओसार्ने कार्य बन्द हुन सकेको छैन । भारत जाने र त्यहाँबाट यात्रु ल्याउनका लागि नेपाल–भारत मैत्री बस सञ्चालनमा छन् । उनीहरूले सीमा तोकिएको स्थानसम्म मात्रै मात्रै यात्रु ल्याउने र लैजाने गर्दछन् । तर, पर्यटनको नाममा अनुमति लिएका बसहरूले भारतका विभिन्न जिल्ला पुग्ने र नेपालका विभिन्न जिल्ला पुगेर यात्रु ओसार्ने काम गरिरहेको नेपाल भित्र आन्तरिक बस सञ्चालन गरिरहेका व्यवसायीहरू बताउँछन् ।

‘नेपाल–भारत मैत्री बस बाहेक अन्यले यात्रु ओसार्न पाउँदैनन्, तर अवैध रूपमा पर्यटक परमिटको नाममा यात्रु ओसार्ने कामले नेपाल भित्र स्थानीय व्यापार, होटल तथा यातायात व्यवसायी प्रभावित छन्’, व्यवसायी भन्छन् । ‘अवैध रूपमा भैरहेको गैर कानुनी कार्य ट्राफिक प्रहरी, जिल्ला प्रशासन लगायतका कार्यालयमा जानकारी गराउँदा पनि नियन्त्रण हुन सकेको छैन, यो समस्या नेपालगन्ज नाका र भैरहवा नाकामा निकै बढेको छ, दुवै ठाउँमा नियामक निकायको ध्यानाकर्षण गराएका छौं’, व्यवसायी भन्छन् ।

दशैंका बेलामा नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किनेको चाप बढी हुन्छ । ‘यहाँ रहेका भारतीय नागरिकलाई पर्यटकका नाममा लैजाने र उताबाट नेपालीलाई पर्यटकका नाममा ल्याउँदा यसले आन्तरिक व्यापारमा ठूलो नोक्सानी पुर्याएको छ’, यातायात व्यवसायी भन्छन्, ‘कति पटक हामीले अवरोध गर्ने प्रयास गर्यौं नियामकको वेवास्ताका कारण नियमन हुन सकेको छैन ।’

पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगन्जका होटल तथा यातायात व्यवसायीले पनि गुनासो गर्दै आएका छन् । ‘पर्यटक नाममा यात्रु ओसार्ने कार्य विगत देखिकै समस्या हो’, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम लाल कंडेलले भने, ‘मैले भर्खर जिम्मेवारी सम्हालेको छु, यस विषयलाई नियामक निकायसँग उठाउने छु ।’ पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, अध्यक्ष कँडेलले भने, ‘यी गाडी नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।’

कागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष समिर राईले अवैध रूपमा यात्रु ओसारिदा वैध रूपमा सरकारसँग अनुमति लिएर सञ्चालन भएको यातायात व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् । ‘दाङ्ग, सल्यान लगायत विभिन्न पहाडि क्षेत्रबाट अवैध रूपमा यात्रु भारतका जिल्ला पुर्याउने र त्यहाँबाट ल्याउने काम भैरहेको छ’, उनले भने, ‘त्यसले यातायात मात्रै होइन यहाँको स्थानीय व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव पारेको छ ।’ ‘धेरै पटक विरोध गरेका छौं तर सुनुवाई भएको छैन’, उनले भने, ‘रूपैडिहाबाट यात्रुलाई सिधै विभिन्न जिल्ला पुर्याउने गरिएको छ, त्यो कानुनसम्मत छैन ।’

यात्रुले स्थानीय बजारमा खरिददारी गर्ने, नेपालगन्जमा होटलमा खाना खाने, बास बस्नेदेखि अटो चढ्ने, यहाँको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गर्ने लगायतकाबाट वञ्चित भएको व्यवसायी बताउँछन् । व्यवसायीहरूले प्रहरी, प्रशासनको मिलेमतोमा अवैध कार्य भैरहेको दाबी गर्छन् । अध्यक्ष समिर राईले अवैध रूपमा यात्रु ओसारिदा वैध रूपमा सरकारसँग अनुमति लिएर सञ्चालन भएको यातायात व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् । ‘दाङ्ग, सल्यान लगायत विभिन्न पहाडि क्षेत्रबाट अवैध रूपमा यात्रु भारतका जिल्ला पुर्याउने र त्यहाँबाट ल्याउने काम भैरहेको छ’, उनले भने, ‘त्यसले यातायात मात्रै होइन यहाँको स्थानीय व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव पारेको छ ।’ ‘धेरै पटक विरोध गरेका छौं तर सुनुवाई भएको छैन’, उनले भने, ‘रूपैडिहाबाट यात्रुलाई सिधै विभिन्न जिल्ला पुर्याउने गरिएको छ, त्यो कानुनसम्मत छैन ।’

यात्रुले स्थानीय बजारमा खरिददारी गर्ने, नेपालगन्जमा होटलमा खाना खाने, बास बस्नेदेखि अटो चढ्ने, यहाँको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गर्ने लगायतकाबाट वञ्चित भएको व्यवसायी बताउँछन् । व्यवसायीहरूले प्रहरी, प्रशासनको मिलेमतोमा अवैध कार्य भैरहेको दाबी गर्छन् ।

Exit mobile version