भारी वर्षाको सम्भावनाका कारण नेपालगञ्जमा दुई दिन सार्वजनिक बिदा

नेपालगञ्ज, असोज १८ – जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशभर विशेषगरी तराई क्षेत्र र पश्चिम भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै गृह मन्त्रालयले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यसैअनुसार, नेपालगञ्जलगायत बाँके जिल्लामा बाढी, पहिरो र असिनासहितको भारी वर्षाको जोखिम रहने भन्दै आगामी दुई दिन (असोज १९ र २० गते) सार्वजनिक बिदा घोषणा गरिएको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘‘अत्यावश्यक बाहेकका सबै कार्यालय तथा विद्यालयहरू बन्द रहने छन् र नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।’’

भारी वर्षाको कारण सडक तथा हवाई यातायातमा समेत असर पर्ने सम्भावना रहेको बताइएकाे छ। प्रशासनले आकस्मिक अवस्थामा सहयोगका लागि स्थानीय तह र सुरक्षा निकायहरूलाई सतर्क रहन निर्देशन दिएको छ।

नेपालगञ्जका बासिन्दालाई अनावश्यक रुपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

Exit mobile version