नेपालगञ्जकी नवीना रानाभाट ‘एक्टिङ स्टार’की विजेता,१५ लाख नगदसहित फिल्म अभिनयको अवसर

अभिनयमा आधारित रियालिटी शो ‘एक्टिङ स्टार’को उपाधि नेपालगञ्जकी नवीना रानाभाटले जितेकी छन्।
एपी वान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको फिनाले बुधबार राति सम्पन्न भएको हो। नवीनाका बुबा भीमबहादुर रानाभाटका अनुसार, उनले उत्कृष्ट प्रदर्शनका आधारमा उपाधि हात पारेकी हुन्।

विजेताको रूपमा नवीना रानाभाटले १५ लाख रुपैयाँ नगद, ट्रफी, वल्र्ड टुरएउटा फिल्ममा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन्। फिनाले एपिसोड भने बिहीबार मात्र एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ। बरिष्ठ अभिनेता नीर शाहले फिनाले समारोहमा नवीनालाई ट्रफी हस्तान्तरण गरेका थिए।
विजयपछि उनका बुबा भीमबहादुर रानाभाटले भने,

“छोरीको जित केवल हाम्रो परिवारको होइन, यो पश्चिम नेपालकै गर्वको विषय हो।”

कार्यक्रममा भावना मगर फस्ट रनर अपइभा घिमिरे सेकेन्ड रनर अप घोषित भएका छन्।
यो जानकारी ‘एक्टिङ स्टार’को अफिसियल फेसबुक पेजमार्फत पुष्टि गरिएको हो।

Exit mobile version