साढे ९ सम्म देउसी भैलो

जिल्ला प्रशासन कार्यालय बाँकेले यस बर्ष दिपावलीका अवसरमा साढे ९ बजेसम्म देउसी–भैलो लगायतका कार्यक्रम गरिसक्न सार्वजनिक सूचना जारी गरेको छ ।

देउसी–भैलो खेल्दा सडक अवरुद्ध नगर्न पनि प्रशासनले सूचना मार्फत भनेको छ ।

प्रशासनका प्रशासकीय अधिकृत विष्णु सहनीले पटकाजन्य सामाग्री खरिद–बिक्री वितरण नगर्न, व्यक्तिगत सम्पत्तिको सुरक्षामा चनाखो हुन, ट्राफिक नियम पालना गर्न सूचना जारी गरेका हुन् ।

दिपवाली अन्तर्गत आज सोमबार लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै छ ।

Exit mobile version