अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि नेपाली मूलका ह्यारी भण्डारीले उम्मेदवारी दिने भएका छन् । उनको नेपाल घर पर्वत जिल्लाको तत्कालीन थापाठाना गाविस (हाल फलेवास नगरपालिका) हो । उनले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्मा जाने घोषणा सोमबार गरेका हुन् । उनले मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट केन्द्रमा निर्वाचन लड्ने घोषणा गरेका हुन् । २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आएका विधायक डच रुपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त खुला सिटमा उम्मेदवारी घोषणा गरेको भण्डारीले जानकारी दिए । उक्त क्षेत्रबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार आगामी मे १४ मा हुने प्राइमरी निर्वाचनको नतिजाले तय गर्नेछ । उक्त निर्वाचनमा जिते भण्डारीले नै पार्टीको नेतृत्व गर्दै आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन राष्ट्रपति जो बाइडेनको दलबाट लड्नेछन् ।
अमेरिकी संसद्मामा नेपाली मूलका भण्डारी चुनाव भिड्दै
- Dainik Nepalgunj

- Categories: World
Related Content
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
by
Dainik Nepalgunj
August 10, 2025
चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
by
Dainik Nepalgunj
August 3, 2025
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
by
Dainik Nepalgunj
August 2, 2025
विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश
by
Dainik Nepalgunj
August 1, 2025
गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु
by
Dainik Nepalgunj
July 14, 2025