धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने नेपालगन्जका शिख र इसाई समुदायका अगुवाले बताएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुने भावी सांसदबाट यो कुराको अपेक्षा गरिएको उनीहरुको भनाई छ । धार्मिक हिसाबले अत्यन्तै संवेदनशिल रहेको नेपालगन्ज क्षेत्रमा विगतका दिनमा राजनीतिक फाईदा लिन खोज्ने ब्यक्तिको भूमिकाले धेरैलाई चिन्तत बनाएको ति अगुवाले बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालासँग शनिबार भएको छुट्टा–छुट्टै भेटघाटका क्रममा शिख र इसाई धर्मका अगुवाहरुले सबै धर्मलाई समान रुपले हेर्ने सांसदको आवश्यकता महसुस आसन्न चुनावमा गरिएको बताए । नेपालगन्जको वीपी चोक नजिक रहेको गुरुद्धारामा आयोजित भेटघाटमा उक्त संस्थाका कोषाध्यक्ष हरिपाल सिंह, समुदायका अगुवा अमरजित सिंह, चरण जित सिंह लगायतले काँग्रेसका उम्मेदवार कोइरालाबाट आफुहरुलाई सहयोग हुने अपेक्षा गरेको बताए । ‘तपाई युवा उम्मेदवार हुनुहुन्छ, पहिलो पटक चुनावी मैदानमा उत्रिनु भएको छ, जनताले फैसला गर्ने परिक्षामा तपाई सामेल हुनुहुन्छ, तसर्थ तपाईलाई जितको लागि अग्रिम शुभकामना छ,’ सिंहले भने । उनीहरुले आफ्नो समुदायको महान चार्ड गुरु नानक जयन्तीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिने नीतिगत ब्यवस्थाका लागि आवश्यक पहल गरिदिन कोइरालासँग आग्रह गरेका थिए । नागरिकता, लाइसेन्स जस्ता सरकारी प्रमाणपत्र बनाउने क्रममा अनेक झण्झट ब्यहोर्नु परेको गुनासो पनि उनीहरुले गरे । यस्तै शनिबार नै नेपालगन्ज–१२, कोरियनपुरस्थित ज्योति निवास चर्चमा आयोजित भेटघाटका क्रममा उपस्थित भएका इसाई समाजका अगुवाले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सक्षम, क्षमतावान र बेदागी ब्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कोइरालालाई अग्रिम शुभकामना दिए । उनीहरुले धार्मिक एकतालाई मजबुद हुने गरी काम गर्न पनि अनुरोध गरे । सो क्रममा चर्चका पास्टर डम्बर थापा लगायतले कोइरालालाई स्वागत तथा सम्मन गरेका थिए । दुबै ठाउँको भेटघाटका क्रममा कोइरालाले नेपाली कांग्रेसले सबै धर्मलाई समान ब्यवहार गर्ने गरेको बताए । कांग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद नगर्ने उनले प्रष्ट्याए । आफुले सबैं धर्म, समुदायका लागि अभिभावक बनेर काम गर्ने प्रतिवद्धता जनाए । यहाँको धार्मिक सद्भावलाई बलियो बनाएर राख्न निर्वाचित भएपछि आफुले नेतृत्वकारी भूमिका निभाउने कोइरालाले वचन दिए । आफुलाई यो चुनावमा हरेक धर्म, समुदायबाट आर्शिवाद मिलिरहेको उनले सुनाए । उम्मेदवार कोइरालाले शनिबार नै डुडुवा गाउँपालिका वडा नम्बर ५ का मतदाता, नेपालगन्जमा शिक्षक संघ, कुर्मी समुदायसँग भेटघाट गरेका छन् । यसैगरी नेपालगन्ज–४ गणेशपुरमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पनि उनी सहभागी भएका छन् ।
धार्मिक सहिष्णुता कायम गराउनमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने
by
Dainik Nepalgunj
October 15, 2026
होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं
by
Dainik Nepalgunj
October 15, 2026
सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती
by
Dainik Nepalgunj
October 15, 2026
बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण
by
Dainik Nepalgunj
October 15, 2026
बाँकेमा ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट
by
Dainik Nepalgunj
October 15, 2026