प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भू–भाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गर्नुहुन्छ । पिप्रहवाका सबैको यही माग भएका दोहो¥याउँदै उहाँ चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउनुभयो । बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भूभाग भारतसँग जोडिएको छ । पैसट्ठी किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ। भारतको बहराईच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई सडक विकास, खानेपानी र डुबान समस्या समाधानको माग गरेका छन् । बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)बाट इस्तियाक राई, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवारसँग मतदाताले पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकताका साथ उठाएका छन् ।
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
४५ फिट अग्लो रावणको पुतला बुधबार दहन गरिँदै
by
Dainik Nepalgunj
October 20, 2026
थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
by
Dainik Nepalgunj
October 19, 2026
ओमानलाई हराउँदै नेपाल लिग २ को छैटौँ स्थानमा
by
Dainik Nepalgunj
October 19, 2026
आँसुमा बर्दियाका पाँच परिवारको दसैँ
by
Dainik Nepalgunj
October 19, 2026
बाँकेको धनौली इलाका प्रहरी कार्यालय देशभरमै सर्वोत्कृष्ट
by
Dainik Nepalgunj
October 19, 2026