आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उनको भनाइ छ । गएको बुधवार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो ।
आजको मौसम कस्तो छ ?
- Dainik Nepalgunj

- Categories: News
Related Content
नेपालगन्ज म्याराथनको प्रचारलाई नयाँ उचाइ दिन साझा पाटीसँग सहकार्य
by
Dainik Nepalgunj
November 18, 2026
काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व
by
Dainik Nepalgunj
November 18, 2026
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज
by
Dainik Nepalgunj
November 18, 2026
ड्राईपोर्ट आवश्यक
by
Dainik Nepalgunj
November 18, 2026
कर प्रणालीलाई न्यायपूर्ण बनाउन जोड
by
Dainik Nepalgunj
November 18, 2026