लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो । यसले नेपालको विविधताबीचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उहाँको भनाइ छ ।नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको स्मरण गराउनुभयो । यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वको आधार भएको उहाँले बताउनुभयो ।मौलिक कला, भाषा र संस्कृतिहरू हाम्रो पहिचानका आधार मात्र नभई पर्यटन प्रवद्र्धन र आर्थिक विकासका महत्वपूर्ण स्रोतसमेत भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवद्र्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।समृद्ध प्रदेश निर्माणका लागि सरकारसँगै सबै समुदाय, युवा, महिला, उद्यमी तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । साझा लक्ष्य र सहकार्यका आधारमा अघि बढ्दा मात्र दिगो विकास र समावेशी समृद्धि सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
स्प्रिङ डेल एकेडेमीले गर्यो दैवीप्रकोप पीडितलाई आर्थिक सहयोग
by
Dainik Nepalgunj
September 2, 2026
लुम्बिनीमा कृषि उत्पादन बढ्यो
by
Dainik Nepalgunj
September 2, 2026
बर्दियाका २० स्थानीय परियोजनाको व्यवसाय योजना अनुमोदन
by
Dainik Nepalgunj
September 2, 2026
जेबी, सुनाखरी र पत्रकार महासंघद्वारा कोषमा रकम
by
Dainik Nepalgunj
September 2, 2026
क्यान्सर विरुद्ध किशोरीलाई खोप लगाइँदै
by
Dainik Nepalgunj
September 2, 2026