निर्वाचन आयोगले आचारसंहिता अनुगमनका लागि जिल्ला स्तरमा गठन गरेको, आचारसंहिता अनुगमन जिल्ला समितिको टोलीले बुधबार तीन वटै निर्वाचन क्षेत्र अनुगमन गरेको छ । त्यसक्रममा आचारसंहिता विपरितका क्रियाकलाप विरुद्ध तत्काल हस्तक्षेप गरेको टोलीले ‘सम्बद्धलाई नै त्यस विपरितका कार्य हटाउन’ निर्देशन दिएको हो । आचारसंहिता अनुगमन जिल्ला समितिका संयोजक समेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीका अनुसार, आचारसंहिता विपरितका कार्य रोक्न तत्कालै प्रहरी परिचालन गरिएको छ । ‘अटो रिक्सा, इरिक्सामा पार्टीका झण्डा तथा उम्मेदवारका फ्ल्याक्स टाँगिएका भेटिएपछि जिल्लाभर सबै सवारीामा राखिएका त्यस्ता सामाग्री हटाउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ’, अनुगमन अधिकृत खत्रीले दैनिक नेपालगन्जसँग भने । अनुगमनका क्रममा तीन वटै क्षेत्रका निर्वाचन प्रहरी कमाण्डसँग पनि आचारसंहिता अनुगमन समितिले छलफल गरेको सहायक प्रजिअ खत्रीले जानकारी दिए । उनका अनुसार, विभिन्न आचारसंहिता उल्लंघन गर्नेहरूको उजुरी आउने क्रम पनि जारी छ । ‘सकेसम्म सम्बन्धितलाई नै सच्याउन आग्रह गर्ने गरेका छौं’, अटेरी गरेपछि तत्काल प्रहरी लगाएर आचारसंहिता विपरितका कार्यहरू रोक्ने गरेको जानकारी दिंदै सहायक प्रजिअ खत्रीले भने । विभिन्न ठाउँमा लगाइएका तुल, ब्यानर हटाउन लगाइएको छ भने पोष्टर, फ्ल्याक्स च्यातिएको छ । त्यसक्रममा माइकिङ्ग गर्ने कतिपय उम्मेदवारलाई माइक हटाउन र अटो, इरिक्साबाट झण्डा पोष्टर निकाल्न निर्देशन दिइएको छ । ‘आचारसंहिताको पालना नै स्वच्छ निर्वाचनको सुनिश्चितता हो’, निर्वाचन अनुगमन संयोजक खत्रीले सबै दल र उम्मेदवारलाई पालनालाई प्रतिबद्ध हुन पटकपटक आव्हान गरिएको जानकारी दिंदै भने ।
आचारसंहिता अनुगमन, कडाई गरिंदै
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान
by
Dainik Nepalgunj
October 22, 2026
यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा
by
Dainik Nepalgunj
October 21, 2026
कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन
by
Dainik Nepalgunj
October 21, 2026
नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित
by
Dainik Nepalgunj
October 21, 2026
विद्युत् सर्ट भएर आगलागी, सात घर जले
by
Dainik Nepalgunj
October 21, 2026