निर्वाचन आयोगले आचारसंहिता अनुगमनका लागि जिल्ला स्तरमा गठन गरेको, आचारसंहिता अनुगमन जिल्ला समितिको टोलीले बुधबार तीन वटै निर्वाचन क्षेत्र अनुगमन गरेको छ । त्यसक्रममा आचारसंहिता विपरितका क्रियाकलाप विरुद्ध तत्काल हस्तक्षेप गरेको टोलीले ‘सम्बद्धलाई नै त्यस विपरितका कार्य हटाउन’ निर्देशन दिएको हो । आचारसंहिता अनुगमन जिल्ला समितिका संयोजक समेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीका अनुसार, आचारसंहिता विपरितका कार्य रोक्न तत्कालै प्रहरी परिचालन गरिएको छ । ‘अटो रिक्सा, इरिक्सामा पार्टीका झण्डा तथा उम्मेदवारका फ्ल्याक्स टाँगिएका भेटिएपछि जिल्लाभर सबै सवारीामा राखिएका त्यस्ता सामाग्री हटाउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ’, अनुगमन अधिकृत खत्रीले दैनिक नेपालगन्जसँग भने । अनुगमनका क्रममा तीन वटै क्षेत्रका निर्वाचन प्रहरी कमाण्डसँग पनि आचारसंहिता अनुगमन समितिले छलफल गरेको सहायक प्रजिअ खत्रीले जानकारी दिए । उनका अनुसार, विभिन्न आचारसंहिता उल्लंघन गर्नेहरूको उजुरी आउने क्रम पनि जारी छ । ‘सकेसम्म सम्बन्धितलाई नै सच्याउन आग्रह गर्ने गरेका छौं’, अटेरी गरेपछि तत्काल प्रहरी लगाएर आचारसंहिता विपरितका कार्यहरू रोक्ने गरेको जानकारी दिंदै सहायक प्रजिअ खत्रीले भने । विभिन्न ठाउँमा लगाइएका तुल, ब्यानर हटाउन लगाइएको छ भने पोष्टर, फ्ल्याक्स च्यातिएको छ । त्यसक्रममा माइकिङ्ग गर्ने कतिपय उम्मेदवारलाई माइक हटाउन र अटो, इरिक्साबाट झण्डा पोष्टर निकाल्न निर्देशन दिइएको छ । ‘आचारसंहिताको पालना नै स्वच्छ निर्वाचनको सुनिश्चितता हो’, निर्वाचन अनुगमन संयोजक खत्रीले सबै दल र उम्मेदवारलाई पालनालाई प्रतिबद्ध हुन पटकपटक आव्हान गरिएको जानकारी दिंदै भने ।
आचारसंहिता अनुगमन, कडाई गरिंदै
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
तीज कार्यक्रममा रसुवा बाढीपीडितका लागि सहयोग संकलन
by
Dainik Nepalgunj
September 2, 2026
रसुवा बाढी : पूर्वसूचनादेखि सुरुङ उद्धारसम्म प्रधानमन्त्रीको प्रष्टीकरण
by
Dainik Nepalgunj
September 2, 2026
बालेराम रमाशंकरको १ लाख ११ हजार
by
Dainik Nepalgunj
September 2, 2026
स्प्रिङ डेल एकेडेमीले गर्यो दैवीप्रकोप पीडितलाई आर्थिक सहयोग
by
Dainik Nepalgunj
September 2, 2026
लुम्बिनीमा कृषि उत्पादन बढ्यो
by
Dainik Nepalgunj
September 2, 2026