ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए । परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो । समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले रासससँग भन्नुभयो, “क्विक रेस्पोन्स (छिटो प्रतिक्रिया) हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् ।” उहाँले पारिवारिक कलहका कारण उक्त घटना भएको बताउनुभयो । परिसरले आज एक सूचना जारी गरी भनेको छ, “ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ ।”
मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
होटलमा अनलाइन सट्टेबाजी, ४२ नियन्त्रणमा
by
Dainik Nepalgunj
September 23, 2026
टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान
by
Dainik Nepalgunj
September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान
by
Dainik Nepalgunj
September 23, 2026
बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी
by
Dainik Nepalgunj
September 23, 2026
अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश
by
Dainik Nepalgunj
September 22, 2026