स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिनुभयो । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ । देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो । आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’
by
Dainik Nepalgunj
November 15, 2026
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा
by
Dainik Nepalgunj
November 15, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो
by
Dainik Nepalgunj
November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता
by
Dainik Nepalgunj
November 14, 2026
छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द
by
Dainik Nepalgunj
November 13, 2026