पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् ।साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन्भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दङ्ग हुनुहुन्छ ।हरियाली विस्तार अझै आवश्यक भएको उहाँ बताउनुहुन्छ । सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगञ्जमा हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ । “हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ । यसका साथै हरियाली प्रवद्र्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ”, उहाँले रासससँग भन्नुभयो । यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ । नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगञ्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउनुहुन्छ । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उहाँको ठम्म्याइ छ । तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगञ्जको नमुनाका रूपमा नेपालगञ्ज बसाएको अभिलेख पाइन्छ । उहाँले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ ।अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो । यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगञ्ज सहर विस्तार गरिएको हो ।
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
‘समावेशी बजेट कानुनबाटै बाध्यकारी हुनुपर्छ’
by
Dainik Nepalgunj
July 1, 2026
राप्तीसोनारीमा भूमि सेवा सुरु
by
Dainik Nepalgunj
July 1, 2026
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक
by
Dainik Nepalgunj
June 30, 2026
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
by
Dainik Nepalgunj
June 30, 2026
एनसेलले दियो थ्रीजी बन्दलाई गति, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह
by
Dainik Nepalgunj
June 30, 2026