बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् । घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेकोे छ । प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिनुभयो । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट
- Dainik Nepalgunj

- Categories: News
Related Content
चिसापानी मेलामा झडप, प्रहरीले चलायो ८ राउण्ड गोली
by
Dainik Nepalgunj
November 24, 2026
दशौँ राष्ट्रिय खेलकुद : आज देखि नेपालगन्जमा पौडी
by
Dainik Nepalgunj
November 24, 2026
खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै
by
Dainik Nepalgunj
November 24, 2026
बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता
by
Dainik Nepalgunj
November 24, 2026
संकटमा सञ्चार, चिन्तामा पत्रकार
by
Dainik Nepalgunj
November 24, 2026