जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना
by
Dainik Nepalgunj
September 28, 2026
‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ
by
Dainik Nepalgunj
September 28, 2026
बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी
by
Dainik Nepalgunj
September 28, 2026