बचत फिर्ता माग्दै प्रदर्शन

समस्याग्रस्त कर्णाली विकास बैंकका बचतकर्ताहरुले आफ्नो बचत फिर्तामा ढिलाई भैरहेको भन्दै सोमबार प्रदर्शन गरेका छन् ।

बचतकर्ताहरुको एउटा समूहले बचत फिर्तामा भएको ढिलाईले आफुहरुलाई समस्या भएको भन्दै विभिन्न प्ले कार्ड सहित बैंकको प्रधान कार्यालय रहेको सुर्खेतरोड विपीचोक नजिक सडक क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

‘जनतालाई बाँच्न देउ’, उनीहरुले प्ले कार्डमा लेखेका छन्, ‘बैंकिङ्ग घोटाला बन्द गर, वित्तीय सुशासन कायम गर ।’

बैंकको मूल गेट अगाडि जम्मा भएका पीडितहरुको ठूलो समूहले सुनुवाई नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

Exit mobile version