चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो । बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् । शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो । निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उहाँले जानकारी दिनुभयो ।
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
युग परिवर्तनमा सद्बुद्धि कि विनास भन्ने कुरा मनुष्य कर्म नै निर्णायक ‘एक विश्लेषण’
by
Dainik Nepalgunj
September 5, 2026
मानवबेचबिखन नियन्त्रण अझै चुनौति
by
Dainik Nepalgunj
September 5, 2026
राधाकृष्ण मन्दिरमा २ लाख ७५ हजार बत्ती
by
Dainik Nepalgunj
September 4, 2026
बाढी प्रभावितका लागि सामुहिक हवन
by
Dainik Nepalgunj
September 4, 2026
रासायनिक मल अभाव
by
Dainik Nepalgunj
September 4, 2026