नेपाली बजारमा बहुप्रतीक्षित नयाँ गाडी ओमोडा ई ५ प्रो बुधवार नेपालगन्जमा सार्वजनिक गरिएको छ । नेपालगन्ज क्षेत्रका लागि ओमोडा र जेइको गाडीका आधिकारिक वितरक सिद्धार्थ लिंक प्रालिले औपचारिक कार्यक्रम गरि उक्त ब्राण्ड सार्वजनिक गरेको हो ।
‘नेपाली सडकमा एक हजार पाँच सयभन्दा बढी गुडिसकेको यो गाडीको सफलतालाई निरन्तरता दिँदै नयाँ ई ५ प्रो सार्वजनिक नेपालगन्जमा सार्वजनिक गरिएको हो,’ कार्यक्रममा सिद्धार्थ लिंकका प्रवन्ध निर्देशक विवेक कुमार श्रेष्ठले भने, ‘नेपाली माटो र बाटो सुहाउँदो गाडी छ ।’
नेपालमा लन्च भएदेखि ओमोडा ई५ गाडीले आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण लोकप्रिय मइरहेको कम्पनि प्रतिनिधि तपन्द्र भट्टले भने । उनका अनुसार, ओमोडा ई५ प्रोले यसै विरासतलाई थप सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार, नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन सिंगल टोन भेरियन्टका लागि ५१.५९ लाख तथा डबल टोन भेरियन्टका लागि ५१.९९ लाख निर्धारण गरिएको छ । सार्वजनिक भएको अवसरमा सिद्धार्थले पहिलो दिनका लागि विभिन्न अफर दिएको जनाएको छ ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाँके अटोमोवाइल्सका अध्यक्ष नरेन्द्र ओली, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओली लगायतले बोलेका थिए ।
