नेपालगन्जमा रहेको होटेल सिद्धार्थको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले होटेलको किचेनको स्थलगत अनुगमन गरेर होटेलको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुगमन अधिकृत नेत्रा बोगटी सहित खाद्य प्राविधिक, स्थानिय प्रहरी प्रशासन, उपभोक्ता मंच, नगरपालिकाका प्रतिनिधि सहितको टोलीले सिद्धार्थ होटेलमा खाना तयार पार्दा अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको हो ।१८ औ विश्व खाद्य स्वच्छता दिवशका अवसरमा नेपालगन्जमा आयोजित कार्यकममा नेपालगन्ज उप महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खाद्य स्वच्छतामा अतिउत्तम स्तर हासिल गरेको सिद्धार्थ होटलका महाप्रबन्धक बद्री कोइरालालाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।करिब २ सय करोड लगानी रहेको होटेल सिद्धार्थ करिब ५० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटेलमा १ सय २५ वटा कोठा, साना ठूला गरेर ५ वटा हल छन। इन्टन र स्टाफ गरी करिब १ सय ५० जना कर्मचारी कार्यरत छन । होटेल सिद्धार्थमा रुफटप सहित २ वटा रेष्टुन्ट स्वीमिङ पुल, साउना, स्पा, सेलुन र जिम लगायतका सुविधाहरु उपलब्ध छन। होटेलले गत वर्ष करिब ७५ हजार गेष्टलाई आथित्यता लगायत होटेलमा उपलब्ध विभिन्न सेवाहरु उपलब्ध गराएको थियो ।नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी भएको निर्देशिका अनुसार अनुगमन टोलीले जेठको तेस्रो साता होटेलको अनुगमन गरेको थियो । खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर व्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामाग्रीहरु ताजा र विषादी रहित भए नभएको खानाका परिकारहरु तयार भए पछि ती खानेक्राहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्ने गरेको छ। होटेल सिद्धार्थ ९४ अंक सहित तीन तारा क सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको महाप्रबन्धक बद्री कोइरालले बताउनु भयो ।सिद्धार्थ ग्रुपले देशैभर रहेका ३३ वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पूर्वाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फ्ड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु संचालन गर्दै आएको छ ।सिद्धार्थ ग्रुपको नेपालगन्ज मै सिद्धार्थ कटेज, सुर्खेतमा चार तारे स्तरको सिद्धार्थ शनि रिसोर्ट, भैरहवामा पाच तारे सिद्धार्थ भिलासा, चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभर साइट रिसोट लगायत धनगढी, बुटबल, काठमान्डौ उपत्यका लगायत विभिन्न सहरमा रिसोर्ट, कटेज, आउटलेट संचालनमा छन् ।
होटेल सिद्धार्थ नेपालगन्जको खाना अतिउत्तममा वर्गिकरण
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ
by
Dainik Nepalgunj
September 23, 2026
तीन सयभन्दा बढी अवैध हतियार बरामद
by
Dainik Nepalgunj
September 23, 2026
होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा
by
Dainik Nepalgunj
September 23, 2026
टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान
by
Dainik Nepalgunj
September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान
by
Dainik Nepalgunj
September 23, 2026