तीन वर्षपछि फारार पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार डुडुवा गाउँपालिका–३ निवासी श्वाली दयाल पासीले दिएको जाहेरीका आधारमा २०८० असार १८ गते दर्ता भएको कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका खजुरा गाउँपालिका–५ निवासी ओम प्रकाश पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले पासीलाई खजुरा गाउँपालिका–५ बाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पासीविरुद्ध थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

Exit mobile version