आदर्शले गर्यो विद्यार्थी अभिमूखिकरण

नेपालगन्ज स्थित आदर्श माध्यमिक विद्यालयले सोमबार हालै विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि अभिभावकलाई अभिमूखिकरण गरेको आदर्शले सोमबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमूखिकरण गरेको हो ।

विद्यालयका प्राचार्य महेश्वर जोशीले विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूलाई विद्यालयको नीति नियम, आचारसंहिता लगायतका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरेको जानकारी दिए । उनले कार्यक्रममा साढे सात सय विद्यार्थी सहित आठ सय बढीको सहभागिता रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरूलाई उत्प्रेरित गर्नका लागि मोटिभेसनल स्पिकर कुमार सापकोटाले आफ्ना भनाइहरू समेत राखेका थिए ।

कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका कोहलपुरका प्रमुख प्रकाशन शाहीले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका चिफ डायरेक्टर इश्वर पोखरेल, विद्यालयका शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version