बाँके : दुई फरार फन्दामा

जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जना फरारलाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, अपहरण, शरीर बन्धक तथा करणी मुद्दामा फरार बैजनाथ गाउँपालिका वडा नं. ८ बस्ने अजय महावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार, महावत विरुद्ध गत बर्ष मंसिर २८ गते जाहेरी दरखास्त परेपछि उनी फरार रहेका थिए । कोहलपुर नगरपालिका वडा नं. १२ बाट नियन्त्रणमा लिइएका महावतलाई बाँके जिल्ला अदालतबाट ७ दिन म्याद थपि अनुसन्धन अगाडि बढाइएको छ ।

त्यस्तै, लागुऔषध मुद्दामा १० बर्ष कैद सजाय तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ३ का विशाल थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा देवल कारागार काठमाडौंबाट फरार उनी गत जेठ २६ गते कोहलपुर नगरपालिका वडा नं. २ बाट पक्राउ परेका हुन् ।

Exit mobile version