ठगी मुद्दामा इन्द्रेणीका अध्यक्ष पक्राउ

ठगी मुद्दामा फरार रहेका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष जितेन्द्र थापा पक्राउ परेका छन्।

जिल्ला बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २६ वर्षीया शोभा थापामगरले दिएको जाहेरीका आधारमा ठगी सम्बन्धी मुद्दा दर्ता भई फरार रहेका थापालाई प्रहरीले मंगलबार कास्की जिल्लाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ठगी सम्बन्धी मुद्दा मिति २०८० साउन १२ गते दर्ता भएको थियो। फरार प्रतिवादी रहेका जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ४० वर्षीय जितेन्द्र थापालाई खोजतलासका क्रममा कास्कीबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले पक्राउ परेका थापालाई अदालतमा बुझाइएको जानकारी दिएका छन्।

Exit mobile version