पत्रकारले दिए प्रशासनमा धर्ना

बाँकेका पत्रकारहरूले शुक्रबार बिहानै प्रशासनमा धर्ना दिएका छन् । सरकारको विभेदकारी नीति विरुद्ध आन्दोलित यहाँका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय बाँकेको मूलद्वारमै धर्ना दिएका हुन् ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको नेतृत्वमा प्रशासन पुगेका पत्रकारहरूले सरकारी विज्ञापन निजी तथा सामुदायिक सञ्चारमाध्यममा निषेध गर्ने नीति विरुद्ध धर्ना दिएका हुन् ।

मूल गेटमा धर्ना दिएका उनीहरूले धर्नापछि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगलाई भेटी आफ्ना माग सहित हस्ताक्षर अभियानमा संकलित हस्ताक्षरहरू प्रधानमन्त्रीलाई पठाइदिन आग्रह गर्दै हस्तान्तरण गरे । ‘महासंघले सरकारको विभेदकारी नीति विरुद्ध आन्दोलन छोड्नेवाला छैन’, अध्यक्ष गिरीले केन्द्रीय कार्यक्रम अनुसार हस्ताक्षर संकलन अभियान, प्रशासनमा धर्ना लगायतको कार्यक्रम गरिएको जानकारी दिंदै भने ।

Exit mobile version