बमलाई नेकपाको नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला संरचनामा व्यापक हेरफेर भएको छ । त्यसक्रममा बाँकेको नेतृत्व अक्कल बहादुर बमले पाएका छन् ।

पार्टीको जिल्ला तहको कार्यसमितिलाई गतिशिल तथा प्रभावकारी बनाउने भन्दै केन्द्रले गरेको हेरफेरको क्रममा बमलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी दिइएको हो । पार्टी सह इन्चार्जमा अञ्जना थारु र भद्र प्रसाद देवकोटालाई जिम्मेवारी दिइएको छ ।

पार्टी संयोजकमा भने दिपक जिएम मनोनित भएका छन् । यसअघि उक्त जिम्मेवारीमा रहेका नरेन्द्र पाण्डे (जेम्स)लाई हटाएर जिएमलाई संयोजक बनाइएको हो ।

Exit mobile version