‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

वसायिक संरचनालाई विस्तार गर्दै निकट भविष्यमै ‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीको पाँचौं वार्षिक साधारण सभा आइतबार नेपालगन्जमा आयोजना भएको हो । सभामा आगामी रणनीति र दीर्घकालीन योजनाहरू प्रस्तुत गरिएको छ ।

साधारण सभाको मुख्य निर्णयमध्ये निकट भविष्यमै ‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठन गर्ने घोषणा पनि गरिएको छ । विविध परियोजना सञ्चालन र व्यवसायिक गतिविधिलाई बहुआयामिक बनाउने उद्देश्यले यो समूह गठन गर्न लागिएको अध्यक्ष ईश्वर पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीलाई प्रविधिमैत्री, प्रतिस्पर्धी र राष्ट्रिय स्तरको अग्रणी संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारे । उनले कम्पनीलाई रियल स्टेटमा सीमित नराखी बहुआयामिक व्यवसायिक क्षेत्रमा विस्तार गर्ने नीति लिइएको बताए ।

प्रतिवेदनअनुसार, कम्पनीले अब कानुनी तथा व्यवस्थापकीय संरचना परिवर्तन गर्दै पब्लिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउनेछ । यसबाट पूँजी विस्तार गरी नयाँ व्यवसायिक अवसरहरूको उपयोग गर्ने लक्ष्य राखिएको छ । साथै स्थानीय लगानीकर्ता र समुदायको सक्रिय सहभागिता बढाउने गरी उद्यमशीलता प्रवद्र्धनमा जोड दिइने उल्लेख गरिएको छ ।

कम्पनीले आयका स्रोतहरू विविधीकरण गर्न सहायक कम्पनीहरू स्थापना गर्ने योजना पनि अघि सारेको छ । रियल स्टेट क्षेत्रलाई आधुनिक, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित यी संरचनाहरू विकास गरिने बताइएको छ । डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आन्तरिक तथा बाह्य व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइने कम्पनीले जनाएको छ । यसले सेवा प्रवाह र बजार विस्तार दुवैलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

सेवा प्रवाहलाई सहज बनाउन कम्पनीले एकद्वार सेवा प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट सेवाग्राहीको समय, श्रम र लागत घट्ने अपेक्षा गरिएको छ । साथै ग्राहकका सुझाव र गुनासो संकलनका लागि व्यवस्थित प्रतिपुष्टि प्रणाली र नियमित अनुगमन संयन्त्र सक्रिय बनाइने पनि जनाइएको छ ।
वित्तीय पहुँच सुधार गर्दै ऋण प्राप्तिमा हुने कठिनाइ, धितो मूल्यांकनको कठोरता र नीतिगत जटिलताहरू घटाउनेतर्फ पनि कम्पनीले जोड दिएको छ । यसबाट लगानीकर्ताको विश्वास बढाउने र स्थिर व्यावसायिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।
अध्यक्ष पोखरेलले प्रतिवेदनको अन्त्यमा ‘समृद्ध नेपाल’ अभियानलाई सफल बनाउन सबै तहका सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘समृद्ध नेपाल को अभियानलाई साकार पार्न स्थानीय, प्रादेशिक र संघीय सरकारसँग निकट रहेर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
कार्यक्रमका प्रमुख अतिथि सल्लाहकार सुमन गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओली, होटल व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले लगायतले कार्यक्रममा बोलेका थिए । कम्पनिका सदस्य सचिव महेश्वर जोशीले सहजीकरण गरेको साधारणसभामा आन्तरिक लेखा परीक्षण उप–समितिका संयोजक निर्मल कुमार उपाध्यायले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सुशासन र वित्तीय अवस्था सकारात्मक दिशामा रहेकाले शेयर सदस्यहरूलाई ढुक्क हुन आश्वस्त पारे । सञ्चालक सचिव जोशीका अनुसार, कम्पनिमा ९५ जना शेयर सदस्य आबद्ध छन् ।

Exit mobile version