नेपाली सेनाद्वारा विद्यार्थीलाई राष्ट्रिय सेवा दल NCC तालिम

खजुराको ज्ञानोदय नमुना माविमा विद्यार्थीहरुलाई नेपाली सेनाद्वारा राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरिएको छ । ज्ञानोदय सँगै बाँके जिल्लाका ४ विद्यालयमा उक्त तालिम शुभारम्भ गरिएको हो ।

खजुराको ज्ञानोदय र जेनिथ माविमा सञ्चालन गरिएको छ भने
कोहलपुरको एभरेष्ट सैनिक मावि र नरैनापुरको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल तालिम एकैसाथ शुभारम्भ गरिएको हो । सरकारी बिदा बाहेक ७९ दिन सम्म संचालन गरिने तालिम २१ दिन क्याम्प मै विधार्थीलाई लगेर सञ्चालन गरिने ज्ञानोदय नमुना मावि खजुराका शिक्षक अर्जुन थापाले जानकारी दिए । तालिम नेपाली सेनाको टिमले प्रदान गर्ने छ । तालिममा हरेक बिधालयका १५/१५ जना छात्र छात्रा सहभागी रहेका छन् ।

बाँके जिल्लामा कुल १२० जना विद्यार्थीले एम सी सी तालिम लिने र कक्षा ८,९ र १० का विद्यार्थीलाई सहभागिता गराइएको रुद्र दल गण राझा बाँकेका सेनानी ज्योति कुमार कार्कीले जानकारी दिए । खजुरा स्थित ज्ञानोदय नमुना माविमा सञ्चालित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती अधिकारीको

अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बज्र दल गण राझाका सेनानी ज्योति कुमार कार्कीले तालिमको शुभारम्भ गरेका थिए । राष्ट्रिय सेवा दलद्वारा संचालित सि.सं. ५२ जुनियर डिभिजन सस्थागत तालिमको प्रथम प्रवचन मन्तव्य राख्दै बज्र दलगण राझाका सेनानी कार्कीले “अनुशासन नै राष्ट्र सेवाको मुल जग भएको भन्दै राष्ट्रिय सेबा दलको मख्य लक्ष्य युवा वर्गलाई अनुशासित, वफादार तथा ईमान्दार राष्ट्रिय एकताको भावना र नेतत्व क्षमताको बिकास गराउने रहेको बताए । सेनानी कार्किले भविष्यमा विपदको समयमा उद्रार तथा राहत कार्यमा स्वंम सेवकको भुमिका निर्वाह गर्न सक्ने युवा दस्ता तयार गर्ने रहेको उल्लेख गरे । राष्ट्रिय सेवा दल NCC तालिमको अवधी १ सय दिन रहेकोमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामहिक क्याम्प संचालन गराउदै आइरहेको सेनानी कार्किले जनाए ।

तालिममा ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले स्वागत मन्तव्य राखेका थिए । शुभारम्भ कार्यक्रममा शिक्षक अभिभावक संघका प्रतिनिधि, बिधालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक लगायतको उपस्थिति थियो ।

Exit mobile version