युनाइटेडद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण


युनाइटेड एजुकेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक प्रणाली, नियम तथा अनुशासन, शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि र उपलब्ध सुविधाबारे जानकारी गराइएको थियो।
प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्ड, कोहलपुर कार्यालयका प्रमुख प्रकाश शाहीले वर्तमान शिक्षण प्रणालीलाई व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षकहरू पाठ्यपुस्तकमै सीमित नभई विद्यार्थीलाई व्यवहारिक, सिर्जनात्मक तथा समसामयिक ज्ञानसमेत प्रदान गर्नुपर्ने बताए। साथै अनुशासन, जिम्मेवारीबोध र स्पष्ट लक्ष्यका साथ शैक्षिक यात्रामा अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे।


विद्यालयका प्रिन्सिपल जीवराज भण्डारीले युनाइटेड एजुकेशनल एकेडेमीको पहिचान नै अनुशासन भएको बताए। विद्यालयले विगतदेखि नै शैक्षिक गुणस्तर, अनुशासन र उत्कृष्ट नतिजालाई प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ थियो। साथै विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न सरकारी तथा निजी क्षेत्रमा सफलतापूर्वक स्थापित भएको उल्लेख गरे।
नेपाली विषय शिक्षिका सीता कुमारी सुवेदीले विद्यार्थीहरूमा सिक्ने इच्छा र ज्ञानप्रतिको भोक हुन आवश्यक रहेको बताइन्।

उनले विद्यार्थीको सफलताको आधार आत्मअनुशासन, निरन्तर अध्ययन र ज्ञानप्रतिको सकारात्मक दृष्टिकोण भएको उल्लेख गरिन्।
प्लस टु निर्देशक गणेश पाठकले व्यवस्थापन, विज्ञान तथा कानुन संकायमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका रूपमा युनाइटेड एजुकेशनल एकेडेमीले आफ्नो पहिचान स्थापित गरिसकेको बताए। उनका अनुसार विद्यालयको अनुशासन, ज्ञानमैत्री वातावरण र अनुभवी शिक्षक टोली नै विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बनेको छ।


प्लस टु पीआर निर्देशक तथा ज्ञानमैत्री क्याम्पस प्रमुख सतानन्द उपाध्यायले प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शैक्षिक निरन्तरता प्रदान गर्ने उद्देश्यले युनाइटेड एजुकेशनल एकेडेमी र ज्ञानमैत्री क्याम्पसबीच सहकार्य भइरहेको जानकारी दिए। उनले विद्यार्थीलाई एउटै शैक्षिक यात्राभित्र विद्यालयदेखि उच्च शिक्षासम्म सहज पहुँच उपलब्ध गराउने लक्ष्य रहेको बताए।
कार्यक्रममा सहभागी अभिभावक करिश्मा बोगटीले पढाइ, शैक्षिक गुणस्तर, खेलकुद तथा अतिरिक्त क्रियाकलापका दृष्टिले विद्यालय अग्रणी रहेको बताइन्। आफ्ना सन्तानले अनुशासित वातावरणमा नयाँ ज्ञान हासिल गर्दै समग्र व्यक्तित्व विकास गर्न सक्ने अपेक्षा रहेको उनको भनाइ थियो।


त्यस्तै, अभिभावक बिष्णु भण्डारीले आफ्नी छोरीको उज्ज्वल भविष्य निर्माण हुनुका साथै उसको क्षमता र नेतृत्व विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विद्यार्थी सोनिया पाण्डेले आफू १३ वर्षदेखि युनाइटेड एजुकेशनल एकेडेमीसँग आबद्ध रहेको र उच्च माध्यमिक शिक्षाका लागि पनि यही विद्यालय रोजेको बताइन्।


त्यस्तै, नवप्रवेशी विद्यार्थी अलिसा थापाले आफ्नो भविष्यलाई उज्ज्वल बनाउने उद्देश्यका साथ विद्यालयमा अध्ययन सुरु गरेको बताउँदै आगामी दुई वर्ष शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।


विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यले विद्यार्थीलाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी समग्र व्यक्तित्व विकासमा केन्द्रित भएर विद्यालयले काम गरिरहेको जानकारी दिए। उनका अनुसार विद्यालयले नियमित रूपमा आउटिङ, फिल्ड भिजिट, इन्डस्ट्री भिजिट, नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूको रुचि, क्षमता र प्रतिभालाई पहिचान गरी त्यसलाई थप निखार्ने वातावरण निर्माण गरिएको उनको भनाइ थियो। साथै, अभिमुखीकरण कार्यक्रम विद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, विद्यालयको वातावरणसँग परिचित गराउने तथा आगामी दुई वर्षको शैक्षिक यात्राका लागि सकारात्मक आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए।


कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जनसमेत प्रदान गरिएको थियो

Exit mobile version