नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, तेज नगरमा रहेको एकमात्र साइकल पम्प ट्र्याकमा देशै भरबाट ३५ जनाको सहभागिता रहेको प्रतियोगितामा काठमाडौँका निरप श्रेष्ठ इलाइट मेलतर्फ प्रथम भए , त्यसैगरी बाँकेका अनिश चौधरी द्वितीय तथा बाँकेकै वीरेन्द्र आर्य तृतीय भए । उनीहरूले नगद रु २० हजार १५ हजार र १० हजार प्राप्त गरे । त्यसैगरी जुनियर ए क्याटागोरीतर्फ प्रथम स्थान प्रज्ञान नेपाली द्वितीय स्थान प्रसन्न महर्जन र तृतीय स्थान सुशाङ्ग धर्कटवाले प्राप्त गरे । उनीहरूले रु १० ,७ र ५ हजार प्राप्त गरे । जुनियर बि क्याटेगोरीमा आदित्य मल्ल प्रथम स्थान सुप्रान्त केसी द्वितीय स्थान र प्रज्ञान बस्नेत तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरूले पनि समान ७ हजार ५ हजार र ३००० प्राप्त गरे । १० वर्ष मुनिको किड्स क्याटेगोरीतर्फ कस्तुप चलाउने प्रथम स्थान दिबियो थारु द्वितीय स्थान र शाश्वत केसी तृतीय स्थान हासिल गर्दै ५००० ३००० र २००० प्राप्त गरे । ३० वर्षभन्दा माथि उमेर समूहको मास्टर क्याटेगोरीमा दीपक मल्ल प्रथम जङ्गु थारु द्वितीय र विष्णुप्रसाद कँडेल तृतीय स्थान हासिल गर्दै नगद रु १५, १० र ७००० प्राप्त गरे ।
खेल सुरु हुनुभन्दा अगाडि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न बहादुर खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ कार्यालयका वडा अध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल , नेपालगञ्ज बाइसाइकलका अध्यक्ष गगन थापा ले संयुक्त रुपमा शिला लेख अनावरण गरेका थिए । त्यसैगरी नेपालगञ्ज साइकलिङ क्लबका अध्यक्ष कविराम बुढाथोकी, खेलप्रेमी अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।
