लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३/ ८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुहुनेछ । प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ ।त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले ‘आव २०८३/ ८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजदेखि बजेटमाथि छलफल हुने
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ
by
Dainik Nepalgunj
September 23, 2026
तीन सयभन्दा बढी अवैध हतियार बरामद
by
Dainik Nepalgunj
September 23, 2026
होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा
by
Dainik Nepalgunj
September 23, 2026
टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान
by
Dainik Nepalgunj
September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान
by
Dainik Nepalgunj
September 23, 2026