अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

बाँकेको जानकी गाउँपालिका–३ कालिकापुर क्षेत्रमा अबैध रूपमा माटो उत्खनन् तथा ढुवानी भइरहेको सूचनाका आधारमा प्रहरीले ३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार इलाका प्रहरी कार्यालय खजुरा, बाँकेबाट खटिएको प्रहरी टोलीले अबैध उत्खनन् तथा ढुवानी कार्यमा संलग्न २ वटा टिप्पर र १ वटा जेसीबी (JCB) नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले प्राकृतिक स्रोत–साधनको संरक्षण तथा कानुन कार्यान्वयनका लागि यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Exit mobile version