लखनउ : आगलागीमा १४ बालबालिकाको मृत्यु

उत्तर प्रदेशको राजधानी लखनऊको अलीगञ्ज क्षेत्रमा रहेको एक निजी कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १४ जना बालबालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

उत्तर प्रदेशका उपमुख्यमन्त्री Brajesh Pathak ले घटनाको पुष्टि गर्दै अझै ३–४ जना विद्यार्थी भवनभित्र फसेको आशंका रहेको बताएका छन्।

घटनास्थलमा दमकलकर्मीहरू उद्धार तथा खोजी अभियानमा खटिएका छन्।

समाचार संस्था एएनआईका अनुसार उपमुख्यमन्त्री पाठकले भने, “मैले आफ्नै आँखाले ११–१२ वटा शव देखेको छु।”

त्यसपछि एक पत्रकारले “यहाँबाट १५ वटा शव निकालिएको छ” भनेर प्रश्न गर्दा उनले “१४ वा १३ वटा मैले देखेको छु” भन्ने जवाफ दिएका थिए।

यद्यपि उनले मृतकको सही संख्या छिट्टै सार्वजनिक गरिने बताएका छन्।

हाल घटनास्थलमा प्रशासन र स्वास्थ्यकर्मीहरूको टोली उपस्थित रहेको छ र उद्धार तथा राहत कार्य जारी छ।

Exit mobile version