चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन
by
Dainik Nepalgunj
October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु
by
Dainik Nepalgunj
October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक
by
Dainik Nepalgunj
October 6, 2026
कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन
by
Dainik Nepalgunj
October 6, 2026
कांग्रेसमा थपिए एक लाख सदस्य
by
Dainik Nepalgunj
October 6, 2026